नक्कली पीसीआर रिपोर्ट बनाउने ४ प्रयोगशालासँग २४ घण्टे स्पष्टीकरण मागियो


 

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको आशंकामा सरकारले ४ अस्पतालका प्रयोगशालालाई स्पष्टीकरण सोधेको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम आईसीएसको आइतबार बसेको बैठकले कोभिड परीक्षण गर्ने स्टार अस्पताल, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टे स्पष्टीकरण सोधिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

आईसीएसको निर्णयअनुसार सबै प्रयोगशालाले नमुना संकलन गरेपछि नेगेटिभको हकमा १ महिना र पोजेटिभको हकमा ३ महिना स्टोर गरी राख्नुपर्नेमा त्यसो नगरेको पाइएपछि स्पष्टीकरण सोधिएको गौतमको भनाइ छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial