कास्की र लमजुङका छुट्टाछुट्टै स्थानमा आगलागी


गण्डकी । गण्डकी प्रदेशका कास्की र लमजुङका छुट्टाछुट्टै आगलागीका कारण भौतिक क्षति पुगेको छ ।

कास्कीको पोखरा महानगरपालिका–१३ कञ्चन टोलमा सुनीलप्रसाद घिमिरेको होमसेन्टर फर्निचर उद्योगमा आगलागी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी टोली, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

आगलागीको कारण नखुलेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारबाट रामबजारतर्फ जाँदै गरेको ग१त ५०९७ नं।को खाली ट्याक्टरमा आफैँ आगलागी भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको अगाडिको भाग पूर्णरुपमा नष्ट भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार