रासस बलियो हुँदा राज्य बलियो हुन्छ : रासस अध्यक्ष


राँझा । राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारीले रासस बलियो भए मात्र राज्य बलियो हुने बताएका छन् । “रासस बलियो हुँदा मिडियामा सकारात्मक प्रभाव परी राज्य बलियो बन्न सहयोग पुग्छ”, रासस नेपालगञ्ज कार्यालयको मंगलबार अवलोकन तथा अनुगमन गर्दै अध्यक्ष अधिकारीले भने,“रासससँग सबै मिडिया जोडिएको हुँदा सकारात्मक विषयलाई महत्व दिएर सम्प्रेषण गर्न आवश्यक छ ।”

अध्यक्ष अधिकारीले राससले सरकार र जनताबीचमा पुलको काम गरेको जनाउँदै राज्यलाई बलियो बनाउनका लागि निर्भीक र निडर भएर काम गर्न राससकर्मीसँग आग्रह गरे । समाजभित्रका विभेदविरुद्ध आवाज उठाएर आवाजविहीनको आवाज राससलाई बनाउनुपर्ने जनाउँदै उनले सोहीअनुसारका समाचारलाई प्राथमिकता दिनसमेत आग्रह गरे ।

राससका समाचार आधिकारिक र सन्तुलित हुने भएकाले यसको महत्व बढेको पनि उनले बताए। कर्णाली प्रदेश पुगेर काठमाडौं फर्किने क्रममा रासस नेपालगञ्ज कार्यालयको अवलोकनमा आएका अध्यक्ष अधिकारीसँगै राससका मुख्य व्यवस्थापक उत्तम सिल्वाललगायत कर्मचारीको सहभागिता थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial