म्याराडोनालाई पेलेको भावपूर्ण श्रद्दान्जली



प्रकाशित: मंसिर १२, शुक्रबार, एजेन्सी । 
विश्व फुटबलले बुधबार इतिहासकै सर्वाधिक महानमध्यका एक, अर्जेन्टिनी मिडफिल्डर डिएगो म्याराडोनालाई गुमायो । हृदयघातका कारण म्याराडोनाले अर्जेन्टिनामा अन्तिम सास फेरे ।

विश्व फुटबलले म्याराडोनासँगै नाम लिने अर्का खेलाडी हुन् ब्राजिलियन फरवार्ड पेले । पेले र म्याराडोनाबीच को महान भन्ने चर्चा विश्व फुटबलमा लामो समयदेखि चलिरहेको छ । पेले र म्याराडोना एक अर्काबीच भने निकै हार्दिकताको सम्बन्ध रहेको छ ।

दुवै फरक समयमा खेलाडी भएपनि एक अर्काका लागि सम्मान र सम्बन्धले विश्व फुटबलमा निकै चर्चित रहँदै आएका छन् । बुधबार म्याराडोनाको निधनपछि पेलेले श्रद्दान्जली व्यक्त गर्दै दुख पोखेका छन् । ‘एकदिन हामी दुवै सँगै आकाशमा बल खेल्नेछौं, डिएगो । तिमीजस्तो साथी गुमाउनु निकै दुखदायी क्षण हो,’ पेलेले लेखेका छन् ।

म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका थिए । पेलेलले भने सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए । दुवैले विश्व चर्चित अजेट्का रंगशालामा विश्वकप उपाधि जितेका छन् ।

म्याराडोनाको निधनसँगै विश्व फुटबलका शीर्ष खेलाडी र व्यक्तित्वले श्रद्धाञ्जली व्यक्त गरेका छन् । फुटबल बाहिर पनि उनको खेलप्रति योगदानलाई कदर गर्दै धेरैले दुख पोखेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial