कर्मचारी समायोजन संशोधनको अवसर : अन्तर प्रदेश र अन्तरपालिका सरुवा हुने


काठमाडौं ।  सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारीको आकर्षण बढ्ने गरी अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा कर्मचारी सरुवा हुन पाउने गरी नयाँ मापदण्ड निर्माण गर्न लागेको छ ।

सरकारले यसअघि नै स्थानीय र प्रदेशमा कर्मचारी पठाउन अन्तरपालिका सरुवा गर्ने नीतिगत निर्णय गरेसँगै सोका लागि मन्त्रालयले मापदण्ड निर्माण कार्य अन्तिम चरणमा पु¥याएको हो । सङ्घका कर्मचारी स्थानीय र प्रदेश तहमा जाँदा एक तह वृद्धि, ग्रेड थप हुने र अवकाश हुँदा पेन्सन वृद्धि हुने भएकाले सङ्घका कर्मचारी प्रदेश तथा स्थानीय तहमा आकर्षित भएका छन् ।

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अब स्थानीय र प्रदेशमा कर्मचारीलाई आकर्षण बढ्ने गरी मन्त्रालयले अन्तरपालिका र अन्तरप्रदेश सरुवा गर्न सक्ने गरी नयाँ मापदण्ड बनाने बताए । उनका अनुसार मापदण्ड कार्यान्वयनमा आएपछि स्थानीय र प्रदेश तहमा कर्मचारीको आकर्षण बढ्ने र कर्मचारी अभाव रोकिनेछ ।

उक्त मापदण्ड अन्तिम चरणमा पुगेको र मङ्सिरभित्र कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ । कतिपय कर्मचारी पेन्सन बढाउन मात्र प्रदेश तथा स्थानीय तहमा जान सक्ने भएकाले कम्तीमा तीन वर्ष सेवा अवधि बाँकी भएका कर्मचारीलाई मात्र समायोजन संशोधनको अवसर दिन लागिएको अधिकारीले बताए । कर्मचारी समायोजनका क्रममा सङ्घमा करिब ४९ हजार कर्मचारीको दरबन्दी कायम भएको थियो । त्यस्तै स्थानीयमा ६७ हजार र प्रदेश तहमा र २२ हजार पाँच सय दरबन्दी कायम गरिएको मन्त्रालयले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial