युनाइटेड को सानदार जित



प्रकाशित: मंसिर १५, सोमबार, एजेन्सी । 

पहिलो हाफमा दुई गोलले पछि परेपछि इडिन्सन काभानीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल र एक असिस्ट दिएपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा साउथह्याम्प्टनमाथि पूनरागमन जित निकालेको छ ।

युनाइटेडले घरेलु टोलीमाथि ३–२ को पूनरागमन जित निकालेको हो । सेन्ट मेरिज स्टेडियम ह्याम्पसायरमा आइतबार राति भएको खेलमा घरेलु टोलीले ३३ मिनेट भित्र २–० को अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई साउथह्याम्टनले जोगाउन सकेन ।

खेलको २३औं मिनेटमा जान वेडनारेकले गोल गर्दै साउथह्याम्टनलाई अग्रता दिलाएका थिए । उनले जेम्स वार्ड प्राउजको कर्नरमा हेडर गोल गर्न सफल भएका थिए । पहिलो गोलको लागि असिस्ट दिएको जेम्स वार्ड प्राउजले ३३औं मिनेटमा गोल गर्दै साउथह्याम्टनको अग्रता दोब्बर पारेका थिए । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त गरेको फ्रिकिकलाई गोलरक्षक डेविड डे हेया हात लगाएपनि भित्र जानबाट रोक्न सकेनन् ।

त्यसअघि ३२औं मिनेटमा साउथह्याम्टनका गोलरक्षक एलेक्स म्याकर्थीले दोहोरो बचाउ गरे । मासन ग्रीनवुडको प्रहारलाई बचाएका म्याकर्थीले ब्रुनो फर्नान्डेसको प्रहारलाई पनि बचाएका थिए ।

काभानी दोस्रो हाफको सुरुवातमै ग्रीनवुडको स्थानमा मैदान प्रवेश गरेका थिए । उनको आगमनसँगै युनाइटेडले खेलमा लय समातेको थियो । दोस्रो हाफमा प्रशिक्षक ओले गनर सोल्सायरले गोलरक्षक डेभिय हे गेयाको स्थानमा डिन हेन्डरसनलाई मैदान पठाए ।

५३औं मिनेटमा ग्रीनवुडको प्रहारमा गोलरक्षक मकार्थी नै बाधक बने । ५९औं मिनेटमा काभानीको क्रसमा ब्रुनो फर्नान्डेसले पेनाल्टी क्षेत्रभित्र बल नियन्त्रणमा लिँदै गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

७४औं मिनेटमा काभानीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । फ्रिकिकबाट आएको बललाई म्याकर्थीले पञ्च गर्दे बचाएपनि फर्नान्डेसको प्रहार डिफ्लेक्ट हुदै काभानीसम्म पुगेपछि उनले सहजै पोस्टको दिशा दिएका थिए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मार्कुस रासफोर्डको पासमा काभानीले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३–२ को पूनरागमन जित दिलाए ।

यो जितसँगै युनाइटेड ९ खेलबाट १६ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्टन १० खेलबाट १७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial