थप १७०३ जनामा कोरोना पुष्टि, १२३६ डिस्चार्ज



काठमाडौं । नेपालमा थप १ हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २३६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६७१ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४३५ पुगेको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial