ज्येष्ठ नागरिक निःशुल्क उपचार कोष स्थापना


काठमाडौं । विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १ सय ६औं जन्म जयन्तीका अवसरमा ज्येष्ठ नागरिक निःशुल्क उपचार कोषको स्थापना गरिएको छ ।

ललितपुर महानगरपालिका–१५ महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले मंगलबार सो कोष स्थापनाको घोषणा गरेको हो । कोष स्थापनाको शुभारम्भ गर्दै पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आफूले एक महिनाको तलब त्यसमा राख्ने घोषणा गरे ।

नेपाली कांग्रेसको नेता समेत रहेका सिंहले गणेशमान ज्येष्ठ नागरिकलाई राज्यले निःशुल्क स्वास्थ्यलगायत सेवा दिनुपर्ने पक्षमा रहेकाले अस्पताल यो सेवा सुरु गर्दा सर्वोच्च नेताप्रति सच्चा श्रद्धासुमन हुने बताए ।

हस्पिटलका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले छोराछोरी विदेश वा स्वदेशमै रहेपनि बाबुआमाभन्दा टाढा रहनेका लागि निःशुल्क उपचार कोषले सहयोग गर्ने बताए । ज्येष्ठ नागरिकका लागि अस्पतालले छिट्टै आयुर्वेद स्वास्थ्य सेवासमेत उपलब्ध गराउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial