यस वर्षको तिहारमा देउसी भैलो खेल्न नपाइने


काठमाडौँ, कात्तिक २२ – नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो ।

प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेर कडायतले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाटै देउसी भैलो नखेल्न र नखेलाउन स्पष्ट निर्देशन दिइएको बताए । महानिरीक्षक थापा क्षेत्रीले केही दिनअघि सातवटै प्रदेशका प्रहरी प्रमुख सँगको भर्चुअल मिटिङमा यस्तो निर्देशन दिएको छ ।  – गोरखापत्र दैनिक

The post यस वर्षको तिहारमा देउसी भैलो खेल्न नपाइने appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial