काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको तेस्रो दिन मंगलबार उछाल आएको छ । नेप्से २५.९८ अंकले बढेर १ हजार ६ सय ७८ दशमलव ७९ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुासर कूल १९६ वटा कम्पनीको ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये मंगलबार १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको शेयर मात्र घटेको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :