मौसम सामान्यतया सफा, पहाडी भू–भागमा आंशिक बदली


काठमाडौं । हाल देशको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन ।

हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।

देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial