थप १ हजार १९७ जनामा कोरोना संक्रमण, २ हजार ९३४ जना कोरोनामुक्त



काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सोमबार थपिएका कोरोना संक्रमितसँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार ९३४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ७६ हजार ३६४ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३३ हजार ३७९ छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १३ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ३० पुगेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial