फ्रोजन मासुले कोरोना फैलाएको चीनको आशंका


काठमाडौं, कात्तिक २९ – चीनले कोरोना भाइरस फैलन नदिन कडा नीति लागू गर्दै आएको छ । सीमामा कडाई देखि नाकामा क्वारेन्टाइनमा निकै चेकजाँच गर्दै आएको छ ।

कडा नीति कार्यान्वयन गर्नुको बाबजुद चीनमा कोरोना भाइरस अझै देखिन छाडेको छ । यसलाई दृष्टिगत गरी चीनले विभिन्न अनुसन्धान अगाडि बढाएको छ । यस क्रममा फ्रोजन मासुका कारण पनि कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । चीनले औपचारिक रुपमै फ्रोजन मासु र खानेकुरामाथि कोरोना संक्रमणको कारण भएको आशंका गरेको हो ।

यसै हप्ता चीनको सरुवा रोग विशेषज्ञ वु जुनयुले फ्रोजन समुन्द्री खाना र मासुका उत्पादनले कोरोना भाइरस फैलाएको तथ्यहरु भेटिएको बताएका छन् । चीनले फ्रोजन मासुको उत्पादनहरुमा कोरोना भाइरसको संक्रमणबारे धेरै अघि अनुसन्धान गर्दै आएको थियो । उसले इक्वेडर, रुस, नर्वे, इन्डोनेसिया, ब्राजिललगायत देशहरुबाट फ्रोजन मासुका उत्पादनहरु आयात गर्दै आएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial