काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ‘नेकपा’ सचिवालय बैठकमा सामूहिक राजीनामा दिने नंया प्रस्ताव पेश भएको छ । नेकपा महासचिव विष्णु पौडेलले सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिन प्रस्ताव राखेका छन्।
बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकमा पौडेलले नेकपाभित्र अहिले जारी विवाद कायम रहे आफूहरू कम्युनिष्ट आन्दोलनको अन्तिम मलामी हुने बताएका थिए।
पार्टीको आन्तरिक विवाद चुलिएका बेला बसेको नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन आफूलाई समय लाग्ने बताएपछि बैठक स्थगित भएको हो।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :