बाइडेनले चुनाव जितेको ट्रम्प ले स्वीकारे, धाँधली गरेर जितेको आरोप



प्रकाशित: मंसिर १, सोमबार, एजेन्सी । 

अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार एवं बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो पटक बल्ल डेमोक्रेटिक उम्मेदवार जो बाइडन चुनावमा विजयी भएको स्वीकार्नुभएको छ ।

यद्यपि, ट्रम्पले खुला हृदयले बाइडनको जीत भएको तथ्यलाई स्वीकार्नुभएको होइन । सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले लेख्नुभएको छ, ‘उसले जित्यो किनभने चुनाव धाँधलीयुक्त थियो ।’

मतगणना परिणाममा बाइडन फराकिलो अन्तरले जितिसक्दा पनि आफैले चुनाव जितको जिकीर गरिरहनुभएका ट्रम्पले धाँधलीबाटै भए पनि चुनाव जितेको स्वीकार्नुभएको हो ।

चुनावमा धाँधली गरेर परिणाम चोरेको आरोप लगाइरहनुभएका ट्रम्पले कुनै प्रमाण भने पेश गर्न सक्नुभएको छैन । चुनाव हारेको सार्वजनिक रुपमा स्वीकार गरिसक्नु नभएका उहाँको निर्वाचन अभियानले विभिन्न राज्यमा मुद्दा पनि दर्ता गरेका छन् ।

तर उहाँको उजुरीले खासै काम गर्ला जस्तो देखिन्न । निर्वाचन अधिकारीहरुले अमेरिकन इतिहासमै मतको अधिक सुरक्षा गरिएको प्रष्ट गरेका छन् ।

आफ्ना समर्थकहरुलाई गणनास्थलमा बस्न नदिएको, डेमोक्रेटिक समर्थक वामपन्थीहरुको नियन्त्रण रहेको, हुलाकी मतको अर्थ नरहेको जस्ता आरोप लगाउँदै आउनुभएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार