इसेवा को सेवा हङकङबाट पनि



इसेवा मनि ट्रान्सफरले सेवा विस्तारका क्रममा हङकङबाट पनि रेमिट्यान्स भित्र्याउन सुरु गरेको छ । कम्पनीले हङकङको केएमई रेमिटेन्ससँग सहकार्य गरी सेवा सुरु गरेको छ । सेवा सुरु भएसँगै हङकङमा रहेका नेपालीले केएमई रेमिटेन्सबाट रकम पठाउन सक्नेछन् ।

इसेवाका प्रबन्ध निर्देशक अजेश कोइराला र केएमईका प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद ढकालले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।​

केएमईमार्फत पठाइएको रकम नेपालभर रहेका आठ हजारभन्दा धेरै इसेवा मनि ट्रान्सफरका एजेन्ट तथा इसेवा वालेट एपमार्फत पनि प्राप्त सकिने बताइएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial