एजेन्सी । विश्वमा त्यस्ता कैयौं देश छन, जसले बर्षमा २ पटक घडीको समय परिवर्तन गर्छन । अर्थात ती देशमा घडीको समय १ घण्टा अघि र १ घण्टा पछि पारेर मिलाइन्छ । यसलाई ‘डेलाइट सेभिङ टाइम’ भनिन्छ ।
अमेरिका र युरोपका गरी करिब ७० मुलुकहरुले ‘डेलाइट सेभिङ टाइम’ का आधारमा समयको सदुपयोग गर्दै आएका छन । त्यहाँ बर्षको ८ महिना घडीको समय १ घण्टा छिटो पारिन्छ भने ४ महिना १ घण्टा ढिलो बनाइन्छ ।
जसअनुसार अमेरिकामा मार्च महिनाको दोस्रो आइतबार घडीलाई १ घण्टा छिटो गरी मिलाइन्छ । त्यस्तै नोभेम्बरको पहिलो आइतबार १ घण्टा ढिलो पारेर मिलाइन्छ ।
पौराणिक मान्यता अनुसार यसो गर्दा किसानहरुलाई सूर्यको ताप र प्रकाशको अधिकतम उपयोगका लागि अतिरिक्त समय मिल्थ्यो । तर आजकल यो धारणमा परिवर्तन आएको छ ।
घडीको समय छिटो र ढिलो पार्ने यो कार्यलाई विद्युत खपत कम गर्नका लागि भन्दै प्रयोग गरिन थालिएको छ । अर्थात गर्मी सिजनमा घडीको समय १ घण्टा ढिलो गर्दा दिउँसोको समयमा प्राप्त हुने सूर्यको ताप र प्रकाशको अधिकतम उपयोग गर्न सकिने अवधारणा स्थापित भएको पाइन्छ ।
अमेरिकामा ‘डेलाइट सेभिङ टाइम’ लाई मान्नका लागि कानूनी बाध्यता छैन । यो प्रणालीको प्रयोगका लागि सबै देशहरु स्वतन्त्र छन ।
यो प्रणालीलाई अपनाउनुको मुख्य कारण उर्जाको कम खपत भनिएपनि विभिन्न फरक फरक अध्ययनहरुले फरक फरक तथ्यांक देखाएका छन ।
त्यसैले यो प्रणालीको प्रयोगको विषयलाई लिएर अहिले पनि बहस जारी छ । सन २००८ मा अमेरिकी उर्जा विभागले शुन्य दशमलव ५ प्रतिशत उर्जाको बचत भएको तथ्यांक प्रस्तुत गरेको थियो ।
तर सन २००८ मै अमेरिकाकै आर्थिक अनुशन्धान गर्ने नेशनल ब्युरोले ‘डेलाइट सेभिङ टाइम’ प्रणाली लागु गर्दा विद्युतको माग बढेको तर्क पेश गरेको थियो ।
अमेरिकामा यो प्रणालीको सुरुवात सन २००७ देखि शुरु भएको थियो । यद्यपी ‘डेलाइट सेभिङ टाइम’ प्रणाली निकै पुरानो चलन हो ।
इतिहासविद्हरुका अनुसार ‘फादर अफ युनाईटेड स्टेट्स’ भनेर चिनिने वैज्ञानिक बेंजामिन फ्रेंकलिनले सन १७८४ मा पहिलो पटक ‘डेलाइट सेभिङ टाइम’ प्रणाली बारे आफ्नो एक पत्रमा उल्लेख गरेका थिए ।
त्यसैगरी ब्रिटेन र जर्मनीलगायतका कैयौं मुलुकहरुले पनि पहिलो विश्वयुद्ध ताका देखि नै ‘डेलाइट सेभिङ टाइम’ प्रणालीको उपयोग गरेको लाइभ साइन्सले जनाएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :