मौसम सामान्यतया सफा, केही क्षेत्रमा आंशिकदेखि सामान्य बदली



काठमाडौं । हाललाई देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

त्यस्तै अन्य भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ ।

त्यस्तै अन्य भू–भागका मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार