ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले फुङ्लिङ नगरपालिकामा ५० शय्याको आइसोलेशन सेन्टर र प्रत्येक गाउँपालिकामा पाँच शय्याको हुने गरी जिल्लामा एक सय शय्याको आइसोलेशन सेन्टर निर्माण गर्न संसद् पूर्वाधार विकास कोष प्रयोग गर्न सकिने जानकारी दिए ।
जिल्ला सदरमुकाम फुङ्लिङमा सरकारी कार्यालय प्रमुखसँगको छलफलमा उनले उक्त जानकारी दिँदै ती प्रमुखलाई सरकारले दिएका जिम्मेवारी कुशलतापूर्वक लागू गर्न निर्देशन दिए । उनले जनताले दुःख नपाउने गरी छिटोछरितोरुपमा सेवा दिन आग्रह गरे । रासस
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :