१९४५ कोरोना संक्रमित थपिदा ५ हजार बढी निको भए



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ३४० जनाको पीसीआर परीक्षण गर्दा ७४० जना महिला र १२ सय ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म २ लाख १६ हजार ९६५ जनामा संक्रमण पुष्टि भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । यो कूल संक्रमितको ११.४ प्रतिशत हो ।


पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ३६४ जना निको भएका छन् । नेपालमा निको हुने दर ८८ प्रतिशत रहेको छ । हालसम्म १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भइसकेका छन् ।


पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको कूल संख्या १२ सय ९८ पुगेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार