बेवारिसे नवजात शिशुको उद्धार


सप्तरी । बोदे बरसाईन नगरपालिका–५ जाँजरस्थित खडक खोलामा गाडिएको अवस्थामा आज एक नवजात शिशु जिवित फेला परेको छ ।

टाउकोदेखि पेटसम्मको भाग बालुवामा गाडिएको अवस्थामा शिशु फेला परेको प्रहरीले जानकारी दिएको छ । स्थानीयले खबर गरेपछि प्रहरीले उद्धार गरी उपचारका लागि शिशुलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराएको छ ।

राजविराज अस्पतालले प्राथमिक उपचार पश्चात रेफर गरेपछि आज साँझ शिशुलाई उपचारार्थ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालको प्रहरी बिटका प्रहरी हवल्दार रामशङ्कर यादवले जानकारी दिए ।

स्थानीयले शिशुबारे जानकारी गराएसँगै घटनास्थल पुगेको प्रहरी टोलीले शिशुलाई बालुवाबाट निकाली उद्धार गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अयोधिशरण यादवले जानकारी दिए । प्रहरी नायब निरीक्षक यादवले शिशु कसले फालेको भनेर अनुसन्धान भइरहेको बताए । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार