स्थानीय तहमा कर्मचारी अभाव, २३ प्रतिशत वडा वडासचिवविहीन


काठमाडौँ । सङ्घीयता र बजेट कार्यान्वयन गर्ने स्थानीय तहमा कर्मचारीको चरम अभाव भएको छ । कर्मचारी समायोजनका क्रममा अधिकांश कर्मचारीले सङ्घीय कार्यालय रोजेपछि बजेट कार्यान्वयन गर्ने स्थानीय तहमा कर्मचारीको अभाव भएको हो ।
कुल ४६० गाउँपालिकामध्ये २५ प्रतिशत गाउँपालिकामा अझै प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । कुल छ हजार ७४२ वडा कार्यालयमध्ये करिब २३ प्रतिशत वडा वडासचिवविहीन रहेको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले जनाएका छन् ।

सरकारले चालू आर्थिक वर्षमा कुल बजेटको २६ दशमलव ५ प्रतिशत बजेट स्थानीय तहमा पठाएको छ । प्रति स्थानीय तहमा सङ्घ र प्रदेश सरकारको वित्तीय हस्तान्तरणसँगै विभिन्न मन्त्रालयको बजेट आफ्नै स्रोत र विकास साझेदारी निकाय संस्थाको समेत गरी एक अर्बभन्दा बढी बजेट स्थानीय तहमा पुगेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । प्रदेश र स्थानीय तहमा समायोजन भएका कतिपय कर्मचारीले पनि विभिन्न बहानामा समायोजन संशोधन गरी पुनः सङ्घमा नै फर्कंदा स्थानीय तहमा कर्मचारी अभाव हुँदै गएको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार