सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाभित्र पहिलोपटक पिस्कर स्वास्थ्य चौकीमा ल्याब प्रयोगशाला स्थापना भएको छ ।
गाउँपालिले स्वास्थ्य क्षेत्रमा विनियोजिन गरेको रु आठ लाख बजेटबाट ल्याब प्रयोगशाला स्थापना गरिएको पालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिए ।
मेलम्चीमा प्रत्येक शनिबार परीक्षण
मेलम्ची नगरपालिकाले नगरभित्रका कोरोनाको लक्षण देखिएका स्वइच्छिक व्यक्तिको प्रत्येक शनिबार कोरोना परीक्षण गर्ने भएको छ । पालिकाको कोरोना विपद् व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना संक्रमणका लक्षण देखिएका व्यक्तिले सःशुल्क पिसिआर परीक्षण गर्न चाहेमा प्रत्येक शनिबार स्वाब संकलन गर्ने निर्णय गरेको नगरप्रमुख डम्बरप्रसाद अर्यालले जानकारी दिए । यही कातिक २१ गतेबाट स्थलगत निरीक्षण शुरु गर्ने नगर उपप्रमुख भगवती नेपालले बताए । रासस
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :