निदाएकै अवस्थामा मृत्यु



प्रकाशित: मंसिर ४, बिहिबार, एजेन्सी । 

कुवेतमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँका बिष्णु बिश्वकर्मा (सुनार) रहेका छन् ।

राष्ट्रिय पन्चे बाजा समूह कुवेतका अध्यक्ष समेत रहेका सुनार आफ्नै कोठामा मृत भेटिएका हुन । मृतक सुनार ६ वर्षदेखि कुवेतको एक सैलुनमा काम गर्दै आएका थिए ।

घटना बारे कुवेतस्थित नेपाली दूतावासले जानकारी पाएको र आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव नेपाल पठाइने जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार