काठमाडौं । बिहीबार देशभर थप २१०३ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २८ हजार १०६ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर २८ सय ५८ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ८५ हजार ६३८ छ।
मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्न ल्याबमा जम्मा ९ हजार ८०५ नमुना परीक्षण भएको छ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :