चितवनमा सङ्क्रमित पाँच हजार नाघे


चिवतन । जिल्लामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या ५ हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ८५ पुगेको हो ।

सङक्रमित मध्ये ३ हजार ५१९ भरतपुर महानगरपालिकाका रहेका छन् । रत्ननगर नगरपालिकाका ६३४, खैरहनी नगरपालिकाका ३९४, राप्ती नगरपालिकाका २८७, कालिका नगरपालिकाका १५१, माडी नगरपालिकाका १०३ र इच्छाकामना गाउँपालिकाका ३१ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ । जिल्लाका सङक्रमित मध्ये ३ हजार ४८६ ले कोरोना जितेका छन् । त्यस्तै १ हजार ५२२ सक्रिय सङ्क्रमित रहेकामा १ हजार ३१५ होम आइसोलेसनमा छन् । सङ्क्रमित मध्ये २ हजार ४८ महिला र ३ हजार ३७ पुरुष रहेका कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए ।

कोरोना सङ्क्रमणबाट जिल्लाका ७७ जनाको मृत्यु भइसकेको छ । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial