टंकी सिनुवारिस्थित नरग्राम विद्यालय पनि आजबाट खुल्ने



प्रकाशित: मंसिर ८, सोमबार, विराटनगर ।

गत चैतदेखि बन्द भएका विद्यालयहरु धमाधम खुल्दै गएका छन् । कोरोना भाइरसको फैलँदो संक्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुल्न थालेका हुन् । 


मोरङ जिल्लाको टंकी सिनुवारि, बुढीगंगा गाउँपालिकामा अवस्थित श्री नराग्राम नमूना माध्यमिक विद्यालयले आज बाट भौतिक रुपमा विद्यालय लगाई पठन पाठन गराउने भनी सूचना सार्वजनिक गरेको छ ।

सम्पर्ण अभिभावक, शिक्षक र विद्यार्थीहरुमा कोभिंड-१९ का कारण लामो समय सम्म बन्द रहेको विद्यालयीय शिक्षण सिकाई कियाकलाप नेपाल सरकारको विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुरुप र बुढीगंगा गा.पा. मोरडको प्र.अ. वैठकको निर्णय अनुसार यस विद्यालयमा स्वास्थ्य सँबन्धि सुरक्षा मापदण्डको पालना गर्दै तपशिलको तालिका बमोजिम २०७७/०८/०८ गते (आज) देखि कक्षा सञ्चालन गरिने हुँदा स्वास्थ्य सुरक्षा अपनाई शिक्षक, विद्यार्थी, कर्मचारीहरूलाई तोकिएको समयमा विद्यालयमा उपस्थित हुन भन्दै सूचना सार्वजनिक गरेको हो ।

नेपाली माध्यमको कक्षा विहानी सत्र ६ वजेदेखी १० वजेसम्म गराइने र अङ्ग्रेजी माध्यमका कक्षा विहान ११ वजेदेखी ३ वजे सम्म गराइने भनिएको छ ।

विद्यालयले कक्षा नर्सरी देखि कक्षा ११ सम्म को समय तालिका प्रकाशित गरेको छ ।

विद्यालयले सार्वजनिक गरेको सूचना :-

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial