एजेन्सी । सिंगो विश्वलाई कोरोना संक्रमणको महामारीले आक्रान्त बनाइरहेका बेला वैज्ञानिकहरुले यसको समाधानको उपाय खोज्ने थुप्रै खाले प्रयासहरु गरेका छन ।
कुनै प्रयास सफलताको नजिक देखिएका छन भने कुनै विकास क्रमकै चरणमा छन । यस्तै सन्दर्भमा अमेरिकी वैज्ञानिकहरुले एउटा यस्तो स्प्रे बनाएका छन, जसले ३० सेकेण्डमै कोरोना भाइरसलाई मार्छ ।
यसलाई प्लाज्मा जेट सिट्रम भनिएको छ । वैज्ञानिकहरुले थ्रि डी प्रिंटरको सहयोगमा प्लाज्मा जेट स्प्रे बनाएका हुन । परीक्षणमा पनि प्लाज्मा जेट स्ट्रिम अब्बल सावित भयो ।
यसलाई कोरोनाविरुद्धको लडाँईमा महत्वपूर्ण उपलब्धीको रुपमा लिइएको छ ।
अमेरिकाको लस एन्जल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा गरिएको अध्ययनमा प्लाज्मा जेट सिट्रमले धातु, छाला र प्लास्टिकको सतहमा भएका कोरोना भाइरसलाई ३० सेकेण्ड भन्दा कम समयमा मार्न सफल भएको थियो ।
यो स्प्रेले मुखमा लगाइने मास्कमा प्रयोग गर्दा पनि यो स्प्रे सफल सावित भयो । यो स्प्रेमा स्थिर ग्याँस हुन्छ ।
त्यसलाई इलेक्ट्रोम्याग्नेटिक सतहको सम्पर्कमा ल्याएर सक्रिय ग्याँसको रुपमा प्रयोग गर्न सकिने डेलिमेलले जनाएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :