सडक दुर्घटनामा एकको मृत्यु


धनुषा । ढल्केवर–जनकपुर राजमार्गअन्तर्गत जनकपुरको मुजेलियामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–१९ का ४५ वर्षीय विजय शर्मा रहेको प्रहरीले जनाएको छ । धनुषाधामबाट जनकपुरतर्फ आइरहेको बा२०प ६८३१ नम्बरको कार तीव्र गतिका कारण अनियन्त्रित भई पुलबाट तल पानीमा खसेर शुक्रबार बिहान दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका कार चालक शर्मालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीको भनाइ छ । शर्माको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial