मौसम सामान्यतया सफा, पहाडी क्षेत्रमा आंशिक वदली, हल्का वर्षाको सम्भावना


काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव कायम रहेको देखिन्छ ।

हाल प्रदेश १ को मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागको मौसममा आंशिक बदली रहने छ ।

त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने देखिन्छ ।

पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशको पहाडी भू–भागको मौसममा आंशिक बदली रहनेछ ।

त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial