आजको मौसमः उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना


काठमाडौं । आज देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने मौसम पुर्वानुमान महाशाखाले जानकारी दिइएको छ ।

महाशाखाका अनुसार सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । महाशाखाबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।

पश्चिमी वायुको प्रभावले नेपालमा मौसममा परिवर्तन आएसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भु भागमा आंशिक देखि सामान्य बदली भए पनि बाँकी भू भागमा मौसम सामान्यतया आज दिउँसम्म सफा रहने छ ।

राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली हुने जनाइएको छ । यी प्रदेशका पहाडी भु भागमा आंशिक बदली हुने र सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial