पर्यटनमन्त्रीद्वारा कचनकवल र चन्द्रगढी विमानस्थल अवलोकन


झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालकै होचो भूभाग कचनकवलको अवलोकन गर्दै त्यहाँको विकासमा सघाउन सरकार तयार रहेको बताएका छन् ।

समुन्द्र सतहबाट ५८ मिटरको उचाइमा रहेको सो स्थानको आज अवलोकन गर्दै उनले यसलाई पयर्टकीय गन्तव्य बनाउन र थप विकास तथा संरक्षणका लागि सरकारको तर्फबाट सहयोग गर्ने बताएका छन् । भारतको शिहारसँग दक्षिणी सिमाना जोडिएको आदिवासी, मधेशी र सिमान्तकृत गन्धर्व जातिको बसोवास रहेको कचनकवलमा ठूला होटल नभएको हुँदा पर्यटकलाई बस्नका लागि व्यवस्थित घरबास सञ्चालन गर्न उनले आग्रह गरेका छन् ।

प्रदेश १ का प्रदेशसभा सदस्य वसन्त बानियाँले कचनकवलमा बन्दै गरेको झिल, रिङरोड, धार्मिक पर्यटकीय स्थल किच्चकबधलगायतका पर्यटन प्रवद्र्धनका गुरुयोजनाका बारेमा मन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।

गृहजिल्ला ताप्लेजुङबाट चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं फर्कनुअघि मन्त्री भट्टराईले विमानस्थलको पनि अवलोकन गरेका थिए । विमानस्थल निरीक्षणका क्रममा उनले क्षेत्रफल बढाएर स्तरोन्नति गर्न आसपासमा रहेका जग्गा अधिग्रहण गर्न मन्त्रालयले बजेटको व्यवस्था गरेको बताए । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial