बुधबार १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ३८ जना रहेका छन् ।

बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनाको पीसीआर परीक्षण भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार