प्रधानमन्त्री ओलीद्वारा स्वर्गीय सिता महराप्रति श्रद्धाञ्जली ब्यक्त


काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सिता महराको निधन प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली ब्यक्त गरेका छन ।

प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन, “प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुस्ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”

पूर्वसभामुख पत्नि सिता महराको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा आज विहान ६ः२५ बजे निधन भएको थियो ।

कोरोना पोजटिभ देखिएपछि उनलाई गत शनिबारदेखि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial