सार्वजनिक यातायात व्यवस्थापनका लागि प्राधिकरण गठन गर्न आदेश जारी


काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित गर्न उपत्यका सार्वजनिक यातायात प्राधिकरण पूर्वाधार विकास समिति आदेश २०७७ जारी गरेको छ ।

सरकारले अढाई वर्षअघि यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्दै ५ वर्षभित्र काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई भरपर्दो र व्यवस्थित बनाउन उपत्यका यातायात प्राधिकरण गठन गर्ने निर्णय गरेको थियो । तर, संघीयतामा केन्द्रले स्थानीय तहको अधिकारमा हस्तक्षेप हुने गरी सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेको भन्दै यसको विरोध भएको थियो । अहिले सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरी राजपत्र प्रकाशित गर्दै विकास समिति आदेश जारी गरेको हो ।

समितिले प्राधिकरणको वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृत गर्ने र उपत्यकाका सवारीको गुणस्तर तथा मादण्ड तोक्ने कामसमेत गर्नेछ । सरकारले ११ वर्ष अघि सवारीसाधनको फिटनेस जाँच गर्न काठमाडौंस्थित टेकुमा सवारीसाधन फिटनेस सेन्टर स्थापना गरेकोमा उक्त सेन्टर लामो समयसम्म सञ्चालमा आउन सकेको थिएन । फिटनेस सेन्टरमा फिटनेस जाँच गर्ने यन्त्र बिग्रिएर प्रयोगविहीन बनेका छन् । प्राधिकरण निर्माणपछि सवारीसाधनको फिटनेस जाँचलगायत कामसमेत गर्ने भएकाले हाल उक्त फिटनेस सेन्टरलाई पुनः सञ्चालनका लागि आवश्यक यन्त्र जोड्ने तयारीसमेत गरिएको छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी डा लोकनाथ भुसालका अनुसार प्रतिनिधिसभाबाट विधेयक पारित हुनुअगावै समितिले आवश्यक पूर्वाधार निर्माणदेखि आवश्यक भाडा निर्धारण, रूट पर्मिट दिनेलगायत काम गर्नेछ ।

यसअघि विभाग र विभागअन्तर्गतका कार्यालयले नै यस्ता कामहरू गर्ने गरेकोमा अब प्राधिकरणले यी कामहरू गर्ने भुसालले बताए । (आर्थिक अभियान)

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial