
काठमाडौँ : सत्तारुढ दल (नेकपा) केन्द्रीय समिति सदस्य एवम् विदेश विभागका उपप्रमुख विष्णु रिजालले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पदलोलुपु भन्न नमिल्ने बताएका छन्।
शुक्रबारको सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनको प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरूले तीव्र विरोध गरिरहँदा रिजालको यस्तो प्रतिक्रिया आएको हो।
अरु तर्क गर्न सकिएला, प्रचण्डलाई पदलोलुपु भनेको सुहाउँदैन। कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा स्वीकार नगरेर पार्टी एकता अघि बढाउने र आधा कार्यकालको लिखित सहमतिलाई बीचैमा छाडिदिने व्यक्तिलाई पदलोलुप कसरी भन्न मिल्ला ररुु पूर्व एमाले पक्षधर नेकपा नेता रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, अनि ख्याल गरौं, प्रचण्डले साथ नदिएको न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न केपी ओली प्रधानमन्त्री।यति नभइसकेपछि अरू साथीहरुले रोजी–खोजी विभिन्न पद पाउने त सम्भावनै हुन्थेन।
जसको सहयोगमा आफू पदमा बसिरहेको छ, उसैलाई पदलोलुपुको आरोप लगाउँदा लोकले पत्याउला र ? भनेर समेत उनले प्रश्न गरेका छन्।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :