भीमेश्वर मन्दिरको शिलामा फेरि आयो पसिना, मुलुकमा अशुभ हुने संकेत


काठमाडौं । दोलखाको भीमेश्वरको मन्दिरको शिलामा फेरि पसिना आएको छ । सो मन्दीरमा पसिना आए मुलुकमा अशुभ हुने तथा नराम्रा घटनाहरु हुने धार्मिक मान्यताहरु रहेका छन् । यसअघि पनि शिलामा पसिना आउदा देशमा ठूला क्षति भएका थिए ।

पछिल्लो पटक मंगलबार आज दिउँसो २ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको मन्दीर व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए। उनले शिलामा पसिना आएको यो १८ औं पटक भएको बताए ।

 

यसअघि शिलामा १७ औं पटक फागुन ८ मा आएको उहाँले जानकारी दिए । त्यसपछि लगत्तै कोरोना महामारीका कारण देशभरी लकडाउन भएको थियो । २०६२/०६३ को जनआन्दोलन अघि पनि शिलामा पसिना आउको थियो ।

त्यस्तै राजदरबार हत्याकाण्ड हुनुभन्दा डेढ महिनाअघि पनि पसिना आएको थियो । त्यस्तैगरि १९९० मा भूकम्प आउनुभन्दा अघि पनि शिलामा पसिना आएको बताइन्छ । मंगलबार पनि शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आइरहेको अध्यक्ष श्रेष्ठले बताए ।

 

पसिना आएपछि क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछ्ने चलन छ । यसअघि राजाका पालामा पसिना आउँदा राजदरबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने प्रचलन थियो ।

 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial