निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहार माथि छानबिन



प्रकाशित: मंसिर ३, बुधबार, काठमाडौँ ।

निकिशा श्रेष्ठमाथि काठमााडौँमा दुर्व्यवहार भएको घटना बारे प्रहरी प्रधान कार्यालय, नक्सालले चासो देखाएको छ ।

सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतका अनुसार श्रेष्ठलाई सडकमा अपशब्द बोल्दै गरिएको दुर्व्यवहारको विषयमा गुनासो आएपश्चाात छानबिन थालिएको उनले बताए । उनले भने, ‘साइबर ब्युराले यस विषयमा अध्ययन गरिरहेको छ ।’

छानबिनबाट दोषी देखिए दुर्व्यवहार गर्ने व्यक्तिमाथि कारबाही हुने बताइएको छ । सामाजिक सञ्जाल युट्युब र फेसबुकमा निकिशाका विभिन्न भिडियोहरु भाइरल छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार