त्री वि द्वारा भौतिक रुपमा कक्षा सञ्चालन गर्ने गराउने बारे सूचना



प्रकाशित: मंसिर १६, मङ्गलबार, काठमाडौँ । 
त्रिभुवन विश्वविद्यालय ले आफ्ना सबै क्यम्पस र आंगिक क्यम्पस साथै सम्बन्धन प्राप्त निजी कलेज हरुलाई विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न गराउन भन्दै एक सूचना सार्वजनिक गरेको छ । 

विश्वविद्यालय अन्तर्गतका विभिन्न परीक्षा हरु सञ्चालन हुने तालिका समेत प्रकाशित भएको र कक्षा १२ को परीक्षा समेत सञ्चालन भएको अवस्थामा मा, स्वास्थ्य मापदण्ड अपनाएर भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन भन्दै त्री वि ले यस्तो सूचना जारी गरेको हो । 

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस को नेपालमा संभावित जोखिम नियन्त्रणका लागि विशेष सचैतता अपनाई पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्न आवश्यक रहेकोले त्रिभुवन विश्वविद्यालय अन्तर्गालका क्याम्पस/ विभाग /स्कूलहरुमा सञ्चालित नियमित कक्षा तथा परीक्षा लगायत सम्पूर्ण शैक्षिक गतिविधि स्थगितगरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस; विभाग /स्कूलहरुमा अनलाइन मार्फत कक्षाहरु सञ्चालन गर्ने व्यवस्था गर्दै आइएकोमा हाल कौरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै क्रमशः परीक्षा सञ्चालनको व्यवस्था गरिएको र हाल बन्द अवस्थामा रहेका क्याम्पस, विभाग/स्कूलहरुको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचारगरी त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस/विभाग/स्कूलहरुले स्थानिय निकायलै तोकेको समयसीमा र मापदण्ड भित्र रहनेगरी स्थानिय निकायसंग समन्वय गरी जौखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालन गर्न र यसो गर्न सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गरी नियमित कक्षा सञ्चालनको व्यवस्था गर्न/गराउन त्री वि कार्यकारी परिषदको निर्णयानुसार सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial