प्रकाशित: मंसिर २४, बुधबार, काठमाडौँ ।
पार्टी विवाद उत्कर्षमा पुगेका बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच भेटघाट भएको छ ।
अध्यक्षद्वयको टकरावका कारण पार्टी विवाद उत्कर्षमा पुगेको छ । यसैबीच बुधवार दिउँसो प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटघाट भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भएको भेटघाटमा अध्यक्षद्वयबीच पार्टी विवाद समाधान तथा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ ।
आज दिउँसो अध्यक्षद्वयबीच बालुवाटारमा पौने १ घण्टा भेटघाट तथा छलफल भएको स्रोतले जनाएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :