संसद विघटन सिफारिसमा मन्त्रीहरुनै असन्तुष्ट : उर्जामन्त्रीले भने, ‘यस्तो ऐतिहासिक गल्ती नगर्नुस्’


काठमाडौं । मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले संसद विघटनको सिफारिस गर्न नहुने मत राखेका खुलासा भएको छ । आकस्मिक मन्त्रिपरिषद्मा संसद विघटनको सिफारिस गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बताएलगत्तै मन्त्रीहरुले विरोध गरेका एक मन्त्रीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव गरेपछि केही मन्त्रीले मौन समर्थन जनाएपनि उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसालले प्रस्तावको विरोध गरेका थिए । यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि संविधान र कानुनमा रहेको कुरामा स्पष्ट हुनुपर्नेमा जोड दिँदै तत्काल निर्णय नगर्न आग्रह गरेका थिए ।

उर्जामन्त्री पुनले आफ्नै पार्टीको बहुमतको सरकार भएको समयमा यस्तो अप्रिय र अलोकतान्त्रिक कदम नचाल्न प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए । उनले प्रधानमन्त्रीलाई यस्तो कदम कसका लागि चाल्न लाग्नुभयो भन्दै प्रश्न गरेका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial