बेलायतमा आममानिसमा कोभिड खोप लगाउन सुरु भएसँगै नेपाली चिकित्सकहरूले पनि कोभिडविरुद्धको खोप लिएका छन् ।
अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदार खोपको पहिलो प्राथमिकतामा रहेकाले उनीहरूले छिट्टै खोप लिन पाएका हुन् ।
वेल्सको ब्रोङलिस जनरल हस्पिटलको आईसीयूमा कार्यरत नेप्लिज् डक्टर्स एसोसिएसन (एनडीए) यूकेका अध्यक्ष डा रमेश खोजूले बिहीबार बिहान ग्लाङली जनरल हस्पिटल कारमरथेन गएर उक्त खोप लिएको बताए ।
उनले अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप लिएका हुन् ।
अन्य नेपाली स्वास्थकर्मीले पनि दिन सुरु गरेको उनले जनाए । कुनै डर वा अशंका नलिन उनको सुझाव छ । हिजो उक्त खोप दिएका केही व्यक्तिलाई ‘एलर्जी’ को समस्या आए पनि अरूलाई ठूलो कुनै असर देखिएको खबर नआएको खोजूले बताए । कान्तिपुरमा खबर छ
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :