विश्वकप छनौट: बंगलादेश माथि कतारको फराकिलो जित


प्रकाशित: मंसिर २०, शनिबार, एजेन्सी । 

विश्वकपको एसियाली छनोट खेल अन्तर्गत कतारले बंगलादेशमाथि फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा कतारले बंगलादेशलाई एकपक्षीयरूपमा हराएको हो । उसले बंगलादेशलाई ५–० गोल अन्तरले हरायो ।

कतारको जिमा अक्रम अफिफ र अलमोज अलीले समान दुई गोल गरे भने अब्दुलाजीज हेटमले एक गोल गरे ।

विश्वकप छनोटको समूह इको दोस्रो चरणमा शीर्ष स्थानको कतारले ६ खेलबाट १६ अंक बटुलेको छ ।

ओमान १२ अंक सहित दोस्रो, अफगानिस्तान ४ अंक सहित तेस्रो, भारत ३ अंक सहित चौथो र बंगलादेश १ अंक सहित पाँचौ स्थानमा छ । सन् २०२२ को विश्वकप फुटबलको आयोजना कतारले गर्दैछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial