नेपाल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २० हजार नाघ्यो


प्रकाशित: मंसिर १९, शुक्रबार, काठमाडौँ । 

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५५१ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।

अहिलेसम्म नेपालमा १७ लाख ६३ हजार ९१९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५७६ रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial