काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला रु ७ सयले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा सोमबार एकै पटक वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार २ सय रहेकामा सोमबार प्रतितोला रु ९४ हजार ९ सय पुगेको छ ।
यस्तै तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ७ सय रहेकामा सोमबार रु ७ सयले वृद्धि भइ रु ९४ हजार ४ सयमा कारोबार भएको छ ।
त्यस्तै चाँदी सोमबार प्रतितोला रु एक हजार ३ सय १५ मा कारोवार भएको छ । चाँदी आइतबार रु एक हजार २ सय ८० मा कारोबार भएको थियो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :