‘स्मलवर्ल्ड’मार्फत इसेवा मनि ट्रान्सफरको रेमिट्यान्स् सेवा थप २२ वटा देशहरुबाट सुरु


काठमाडौं । इसेवा मनि ट्रान्सफर र ‘स्मलवर्ल्ड’ बीच रेमिट्यान्स् कारोबार गर्ने सम्झौता भएको छ । यो सेवा सुरु भएपछि अमेरिका, बेलायत, सेनजेन, ब्राजिलगरि २२ वटा देशहरुमा रहेका नेपालीहरुले “स्मलवर्ल्ड” मार्फत नगद तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सकिनेछ ।

नगदमा पठाइएको रकम नेपाल भर रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजारभन्दा एजेन्ट तथा इसेवावालेट एपमा पनि प्राप्त गर्न सकिनेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।

स्मलवल्र्ड ग्राहकहरुको भरपर्दाे र विश्वासिलो भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स् कम्पनी हो, जसको सिद्धान्त विप्रेषण भुक्तानीको सेवा र माध्यमबाट विशाल संसारलाई सानो बनाउने रहेको छ ।

स्मलवल्र्डको विश्वभरि २ लाख ५० हजार००० भन्दा धेरै एजेन्ट सञ्जाल र ८०० भन्दा बढी दक्ष जनशक्तिद्धारा वार्षिक १ करोड ५० लाखभन्दा वटा भन्दा बढि कारोवार गर्दछ ।

इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवामार्पmत नेपालमा सेवा प्रदान गर्दै आइरहेको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउदा सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ ।

इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial