सामाजिक सञ्जालमा अपशब्द लेख्ने, आइपी एड्रेस मार्फत पक्राउ


काठमाडौँ- प्रहरीलेमीडिया सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको आरोपमा काठमाडौंका २६ वर्षीय वसन्त गुरुङलाई पक्राउ गरेको छ।

सामाजिक सञ्जालमा आएका समाचारमा गाली गलौज र अपशब्द प्रयोग गरेको भन्दै उनलाई अपराध महाशाखा टेकुको निर्देशनमा इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेको हो।

उनको आई पी एड्रेस ट्र्याक गरेर पक्राउ गरिएको थियो । सामाजिक सञ्जालमा उनले आफ्नो नाम तथा तस्विर समेत गलत राखेका थिए । अहिले फेसबुक , ट्वीटर लगायत विभिन्न सामाजिक सञ्जालमा विभिन्न राजनीतिक व्यक्तित्व, सेलेव्रिटी, लगायत समाचारमुलक कुराहरूमा अपशब्द लेख्ने र अपशब्द लेख्नकै लागि फेक अकाउन्ट बनाउनेको जमात बढेको प्रहरीले बताएको छ ।

पक्राउ परेका व्यक्तिलाई, साइबर क्राइम तथा मानहानि को मुद्दा चलाइने बताइएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial