रियल म्याड्रिड शाख्तारसँग पराजित


प्रकाशित: मंगसिर १७, बुधबार, एजेन्सी । 

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह बी को पाँचौ खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिडले शाख्तर डोनेस्कसँग हार बेहोरेको छ । युक्रेनमा भएको खेलमा रियलले २-० ले पराजित भएको हो । शाख्तारको जितमा डेन्टिन्हो र सोलोमोनले १-१ गोल गरे । कप्तान सर्जियो रामोसबिना उत्रिएको रियलले डिफेन्समा फेरी एकपटक कमजोर प्रदर्शन गर्दा हार बेहोरेको हो । फरवार्ड करीम बेन्जेमाले चोटबाट पुनरागमन गरेपनि राम्रो प्रदर्शन गर्न सकेनन् ।

एक गोलले पछि परेपछि केहि आक्रामक देखिएको रियलले गोल फर्काउने कुनै मुभ बुन्न सकेन । जवाफमा ८२ औं मिनेटमा काउन्टर अट्याकमा शाख्तारले अग्रता दोब्बर पार्यो । सोलोमोनले मिडफिल्डमा बल पास लिएर एक्लै अगाडी बढाउँदै पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोल गरेका थिए ।

यस हारसँगै रियल म्याड्रिड अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । शीर्षस्थानमा रहेको बोरुसिया मोन्चेनग्लाडबाकको ४ खेलमा ८ अंक छ । शाख्तार र रियल म्याड्रिडको ५ खेलमा समान ७ अंक भएपनि हेड टु हेडमा शाख्तार अघि छ । इन्टर मिलानको ४ खेलमा २ अंक छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial