थपिए १ हजार बढी संक्रमित, कति छन् क्वारेन्टाइनमा ?


प्रकाशित: मंसिर २३, मंगलबार, काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको संख्या १ हजार ६ सय १४ पुगेको छ । यसअघि आइतवार कोरोनाको कारण १७ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २८ जना कोरोना मुक्त भएका छन् भने संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ ।

पछिल्लो समय नेपालमा क्यारेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेको छ । हाल नेपालमा ५ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् । भने हाल १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial