नेप्सेमा सामान्य सुधार : तीन अर्ब ८५ करोडको कारोबार


काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार साढे आठ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.५७ बिन्दुले उकालो लागेर २००७.२९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१४ बिन्दुले बढेर ३८२.५७ मा पुगेको छ ।

कूल २१४ कम्पनीको ७४ लाख ९७ हजार ३८४ कित्ता शेयर रु तीन अर्ब ८५ करोड तीन लाख २० हजार ४५ मा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार ४८.६५, विकास बैंक १०.२९ र अन्य ०.९८ बिन्दुले घटेको छ । बैंकिङ ९.३४, होटल ३.४३, जलविद्युत् २.७४, वित्त २.०५, निर्जीवन बीमा ७५.३३, उत्पादन ९७.७९, लघुवित्त ६.०८, जीवन बीमा २९.६५ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३४ करोड ९१ लाख ८० हजार ५२ बराबरको कारोबार भयो । यस्तै नागरिक लगानी कोष रु ३२ करोड ३५ लाख १८ हजार ४१०, एनआइसी एसिया बैंक रु ३० करोड ६ लाख ६८ हजार ९२७, नबिल बैंक रु २४ करोड ३४ लाख १६ हजार २८, शिवम् सिमेन्ट रु २१ करोड १७ लाख ५५ हजार ५७५, एनसिसी बैंक रु १८ करोड ११ लाख ३३ हजार ३१६, ग्लोबल आइएमई बैंक रु १२ करोड ७४ लाख ३३ हजार ८६२ र नेपाल पुर्नबीमा कम्पनी रु १२ करोड ४९ लाख ८८ हजार ३५८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा नारायणी डेभलपमेन्ट बैंक ९.९०, सेन्ट्रल फाइनान्स ९.६२, राधी विद्युत् कम्पनी ७.५९, एनसिसी बैंक ६.०१, आइएमई जनरल इन्स्योरेन्स ५.६४, एनआइसी एसिया बैंक ५.४३, नेपाल ल्यूब आयल ४.८२ , शिवमु सिमेन्ट ४.६४ र प्रभु बैंकका लगानीकर्ताले ४.४८ प्रतिशतले कमाए । एबिएल डिबेञ्चर ७.६०, समटि लघुवित्त ३.८७, समृद्धि फाइनान्स ३.७३, एनएमबी पचास ३.३२, साल्ट टे«डिङ कर्पोरेसन २.९९, सानिमा माई हाइड्रोपावर २.९३ र जोशी हाइड्रोपावरका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial